images
images

प्राधिकरण र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटबीच हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्ने सम्झौता 


  • 304
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    प्राधिकरण र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटबीच हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्ने सम्झौता 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजन लगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर  गरेका छन्। 

    २ संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । 
    उक्त कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताए ।

    ‘देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ’, उनले भने,‘ यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित  हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।’ 

    मन्त्री भुसालले २ संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्थाहरु इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन आग्रह गरेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए ।

     


    images
    images

    Logo