काठमाडौं । औधोगिक शान्ति नेपाल संस्थाले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । मृगौला पिडित तिलक बहादुर जोगीलाई संस्थाले ५१ हजार रुपैयाँ अर्थिक सहयोग गरेको हो ।
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८÷७९ बाट उठेको रकम मध्ये केही रकम पिडितलाइ सहयोग गरिएको संस्थाका अध्यक्ष शन्दिप महतले बताए । लामो समयदेखि मुलुकका विभिन्न स्थान मेला महोत्सब र सांस्कृतिक कार्यक्रम गर्दै आएको संस्थासंग आबद्ध भएर महोत्सबमा साना ब्यापार गर्दै आएका दुवै मृगौला पिडित जोगी लामो समयदेखि उपाचार्थ रहेका छन् ।
हरेक मेला महोत्सवबाट सामाजिक कार्य गर्दै आएको संस्थाले भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त भएकै मुनाफाबाट मृगौला पिडीतलाई सहयोग गरेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
यस सस्थामा अध्क्षयक्ष सन्दिप महत, उपाध्यक्ष राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाध्यक्ष प्रितम मल्ल र सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।



