images
images

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


  • 345
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।

    सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले सुनाए ।

    राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको हो । 


    images
    images

    Logo