images
images

यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ


  • 434
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्रउ परेका छन् । मंगलबार चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

    अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए । कलेजका विद्यार्थीले दिएको जाहेरीका आधारमा कलेजका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको छ ।

    शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।


    images
    images

    Logo