काठमाडौं । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । यससँगै आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।
जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते नयाँ बजेट आउँदै छ । सरकारले तय गर्ने नीति तथा कार्यक्रमकै जगमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिन्छ ।