images
images

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता


  • 478
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

    काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का १ हजार ६ सय ५० मतले अगाडि छन् । उनले हालसम्म २४ हजार ८ सय ९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २ सय ६ मत प्राप्त गरेका छन् । 

    उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५ सय ७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ७ हजार २ सय ३९ को मतान्तर रहेको छ । 

    तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले  वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएको  घोषणा गर्न  बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा १ लाख १ हजार ४ सय ६० मतदाता रहेकामा ७४ हजार ३ सय ३६ जनाले मतदान गरेका थिए । 


    images
    images

    Logo