images
images

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित


  • 282
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

    काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिए । बैठकमा सिक्टा, रानीजमरा र भेरी बबइ आयोजना अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन पनि पारित भएको छ । यसैगरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यदलले पेश गरेको प्रतिवेदन पनि समिति बैठकमा छलफल गरी पारित गरिएको छ ।

    बैठकमा समिति सभापति पूर्णाकुमारी सुवेदी, सांसदहरु दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, शक्तिबहादुर बस्नेत, राधा ज्ञवाली, राजबहादुर बुढा, सत्यनारायण शर्मालगायतले अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमा सुझाव दिएका थिए । समिति बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको हो ।  २०७८ साल मा संसद् विघटन र  २०७७ सालमा कोरोना महामारीका कारण वार्षिक प्रतिवेदन बनाउन नसकिएको समितिले जनाएको छ ।


    images
    images

    Logo