images
images

पोखरामा महानगरको मतगणनामा धाँधली भएको एमालेको आरोप, पुनः मतगणना गर्न माग


  • 375
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    पोखरामा महानगरको मतगणनामा धाँधली भएको एमालेको आरोप, पुनः मतगणना गर्न माग

    काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मतगणनामा धाँधली भएको आरोप लागाएको छ । एमालेले मतगणनामा धाँधली भएको भन्दै  पुनः मतगणनाको माग गरेको हो ।

    एमाले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए । वडा नं १८ र ३१ मा मतगणनाको क्रममा बाकसबाटै मतपत्र हराएको भन्दै पुन मतदान गर्नका लागि एमालेले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको लागि निवेदन दिएको छ । 

    वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा हिजो (सोमबार) आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।


    images
    images

    Logo