काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार स्थिर भएको मुल्य आज मंगलबार पनि स्थिर भएको छ । मंगलबार पनि छापावाल सुन ९८ हजारमा नै कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुन मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।