images
images

भरतपुरको मेयरमा दोस्रो पटक निर्वाचित भइन् दाहाल, उपमेयरमा को ?


  • 308
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    भरतपुरको मेयरमा दोस्रो पटक निर्वाचित भइन् दाहाल, उपमेयरमा को ?

    चितवन — भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् ।दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पार्दै दाहाल विजयी भएकी हुन् । 

    प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।  स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएका छन् ।

    उमपेयरमा  सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् । 

     


    images
    images

    Logo