काठमाडौं । त्रियुगा नगरपालिकामा आजदेखि मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आज १०ः३० देखि मतगणना सुरु गर्ने जानकारी दिएको छ । त्रियुगा–१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो ।
पुनः मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा फेरिमतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।