images
images

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान निर्वाचित


  • 312
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान निर्वाचित

    काठमाडौं । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २ सय १५ मतप्राप्त गरी  विजयी बनेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा  उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरे ।

    आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५ सय ४४ मतान्तरले पराजित गर्दै सिंह  मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

    यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १ सय ५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  पुरुषोत्तमलाल झाले छ हजार ७ सय १९ मत प्राप्त गरे । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

    महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई  उम्मेदवार बनाइएको थियो ।


    images
    images

    Logo