झापा । झापाको मेचीनगर नगरपालिकाको प्रमुख नेकपा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी भएका छन् । बुढाथोकी २६ हजार ४ सय ७८ मत प्राप्त गरी विजय भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत ल्याएका थिए ।
उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५ ९० मतसहित विजय भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गरे।
मेचीनगर नगरपालिकाको नतिजासँगै झापाको १५ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।