काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा पछिल्लो मतपरिणम सार्वजनिक भएको छ । पछिल्लाे मतपरिणाम अनुसार काँग्रेसका उम्मेदवार राजेश चन्द्र श्रेष्ठले ६ सय २ मतले अग्रता लिएका छन् ।
पछिल्लो गणना अनुसार काँग्रेसका श्रेष्ठले ५ हजार २ सय ५८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार एवं निबर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले ४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेकपा एमालेकी गीता खड्काले ४ हजार ९ सय ३१ मत ल्याएर अग्रता लिएकी छिन् ।
त्यसैगरि उनलाई नेकपा माओवादी केन्द्रका बिनोद कटुवालले २ हजार ९ सय ७९ मतले पछ्याउँदै छन् । उदयपुरको कटारी नगरपालिकामा अहिलेसम्म २० हजार ५ सय ९० मतगणना सकिएको छ । अब करिव पाँच हजार मत गन्न बाँकी रहेकाे जनाइएको छ ।