काठमाडौं । पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित निश्चित भएको छ । पोखरा महानगरपालिकामा अब गन्न बानँकी मत ५ हजार रहेको छ भने आचार्यको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २ सय ८६ मतले आचार्यले अग्रता हासिल गरेका छन् ।
फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो । हाल सम्मको मतगणना अनुसार मेयर आचार्यले ५६ हजार ४ सय ७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १ सय ८५ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५ सय ८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत ल्याएकी छन् ।
पोखरामा कूल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।