images
images

भरतपुर महानगरमा करिब १ लाख २६ हजार मतगणना सकियो, कसको कति ?


  • 465
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    भरतपुर महानगरमा करिब १ लाख २६ हजार मतगणना सकियो, कसको कति ?

    काठमाडौं । भरतपुर महानगरपालिकाको आज बिहानसम्म १ लाख २५ हजार ८ सय ४२ मतगणना गरिएको छ । जसमध्ये सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो रहेको  छ । दाहालले १२ हजार १ सय ४० मतको अग्रता लिएकी छिन् । 

    हालसम्मको मतगणना अनुसार रेनु दाहाल ५१ हजार १ सय १२ मत ल्याउँदा ​एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९ सय ७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २७ पाएका छन् । 

    उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९ सय ३ मतसहित अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिस्पर्धि  राप्रपाकी हिमला गुरुङले ३० हजार ३ सय २६ मतले पछ्याई रहेकी छिन् ।


    images
    images

    Logo