भक्तपुर । भक्तपुरमा दुई मेयर र एक उप मेयर दोहोरिएर निर्वाचित भएका छन् । दुई मेयरका उमेदवार भने पराजित भएका छन । जिल्लाका चारै नगरको नतिजा आउँदा सुर्यविनायक र भक्तपुरका मेयर पुनस् निर्वाचित भएका हुन । सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट यसअघि पनि चुनाव जितेका बाशुदेव थापा बिजयी भएका हुन् ।
थापा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार निशान ढुंगेललाई पराजित गर्दै निर्वाचित भएका हुन । त्यस्तै भक्तपुर नगरपालिकाका नगर प्रमुख शुनिल प्रजापती र उप प्रमुख रजनी जेशी पनि पुन निर्वाचित भएका छन ।
मध्यपुर थिमिका मेयर मदन शुन्दर श्रेष्ठ नेकपा एमालेबाट पुनस् उमेदवार भएपनि पराजित भए । त्यसैगरी चाँगुनारायण नगरपालिकाकी उप मेयर बिना बाँस्तोला नेकपा एमालेबाट मेयरमा चुनाव लडेपनि जित हात पार्न सकिनन् ।
त्यसैगरी एमालेबाट सुर्यविनायकमा चार वडध्यक्षहरू दोहोरिएका छन । दोहोरिनेमा वडा नं १ बाट सानोकाजी कायस्थ, ५ बाट राजकुमार जोशी, ७ बाट रबिन्द्र सापकोटा र १० बाट शिवराम राउत छन ।
मध्यपुर थिमि-७ मा एमालेबाट कृष्णकुमार प्रजापति दोहोरिएका छन् । चांगुनारायण नगरपालिकामा एमालेबाट दुई र कांग्रेसबाट एक वडाध्यक्ष पुनस् निर्वाचित भएका छन । त्यस्तै भक्तपुर नगरपालिकामा ७ वडाध्यक्ष दोहोरिएका छन् ।



