काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो गणना अनुसार, कांग्रेसबाट मेयरका उमेदवार राजेश चन्द्र श्रेष्ठले अग्रता लिएका हुन् । यसअघि नेकपा एमालेका मेयरका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले अग्रता लिएका थिए ।
पछिल्लो गणना अनुसार कांग्रेसका श्रेष्ठले ४ हजार ८ सय ४० मत पाएका छन् । त्यसैगरी एमालेका श्रेष्ठले ४ हजार ४ सय ४९ मत सहित पछ्याउँदै छन् । दुई जनबीचको मतान्तर ३ सय ९१ रहेको छ । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्णप्रसाद बरालले ३ हजार ६ सय १५ मत ल्याएका छन् ।
यसैगरी उप मेयरमा नेकपा एमालेकी गीता खड्काले ४ हजार ७ सय २२ मत पाएर अग्रता लिएकी छिन् । उनलाई नेकपा माओवादी केन्द्रका बिनोद कटुवालले २ हजार ८ सय ९८ मत ल्याएर पछ्याउँदै छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कृष्णबहादुर थापाले २ हजार ६ सय ५८ मत पाएका छन् ।



