images
images

नबिल बैंकको सीईओ बने ज्ञानेन्द्र ढुङ्गाना,एनबी बैंकका कर्मचारीको तह घट्ने


  • 498
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    नबिल बैंकको सीईओ बने ज्ञानेन्द्र ढुङ्गाना,एनबी बैंकका कर्मचारीको तह घट्ने

    काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभेपछि नविल बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेअनुसार  असार १७ गतेबाट लागू हुने ढुङ्गाना सीईओमा नियुक्त भएका हुन् । 

    त्यस्तै एनबी बैंकलाई गाभेपछि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा चार जना रहेनछन् । सो पदमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली रहेका छन् ।

    यस्तै, नविलमा एनबी गाभिएसँगै एनबी बैंकका कर्मचारीहरूको तह पनि भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही अनुसार कायम गरी तह भने घट्ने सम्झौता भएको छ ।


    images
    images

    Logo