images
images

सेञ्चुरी बैंकको नयाँशाखा नवलपुरको कावासोतीमा 


  • 303
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    सेञ्चुरी बैंकको नयाँशाखा नवलपुरको कावासोतीमा 

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ कावासोतीबजारमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    बैंकका संचालक समिति सदस्यमनबहादुर राईज्यू र कावासोतीनगरपालिकाको मेयर विष्णुप्रसाद भुसालज्यूले कावासोतीशाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुखजोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

    २०७८ चैत्रमसान्तसम्ममा बैंकले९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

    बैंकको कुलशाखा संख्या १ सय ३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र १ सय १३ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदान गर्दै आएको छ ।  

     

     


    images
    images

    Logo