काठमाडौ । काठमाडौं महानगरका प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाह जित सुनिश्चित भएको छ । हालसम्मको मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४५ हजार ९ सय ८२ मत ल्याएका छन् ।
वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९ सय ८४ मत खसेको थियो । जसमध्ये अब महानगरमा ६२ हजार मत गन्न बाँकी रहेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा बालेन दोस्रो स्थानमा रहेकी सिर्जना सिंह भन्दा १८ हजार ५ सय ५९ मतले अगाडि रहेका छन् ।
दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २७ हजार ४ सय २३ मत ल्याएकी छिन् भने नेकपा एमालेका केशव स्थापितले २६ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।