काठमाडौं । नयाँ बजार विष्णुमती पुल नजिक कुटपिट गरेर हत्या गरि शव खोलामा फाली फरार रहेका व्यत्तीहरु पक्रउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले सो व्यक्तीहरुलाई जेठ ६ गते पक्रउ गरेको हो ।
पक्रउ पर्नेमा ठोकर कान्छा भन्ने कान्छामान ठोकर र गायत्री नगरकोटी रहेका छन् । उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागी काठमाण्डौ प्रहरी परिसर टेकु पठाईइएको स्रोतले जनाएको छ ।
प्रहरीले गत वैशाख २८ गते जिवन भन्ने कान्छा लामा तामाङलाई कुटपिट गरि टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेका थिए ।
हत्या पश्चात सो शवको खुट्टा खुम्चाई सलले बाँधी मृत शवलाई तन्नाले बेरेर प्लाष्टिकको सुन्तला रङको डोरी र सेतो डोरीले तिन ठाँउमा बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगी फालेकोमा अवस्थामा प्रहरीले फेला पारेको थियो ।



