काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २ सय ५७ मत अन्तरले अग्रता लिनुभएकी छिन।
उनले ४४ हजार ४ सय ५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६ सय ९४ मत प्राप्त गरेको छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार १ सय १६ मत प्राप्त गरेका छन् । महानगरमा हालसम्म १ लाख ११ हजार २ सय ७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।
भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।



