images
images

२६ पालिकाको परिणाम आउन बाँकी


  • 316
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    २६ पालिकाको परिणाम आउन बाँकी

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ ।

     निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २ सय ६९ नगरपालिका र ४ सय ५८ गाउँपालिका गरी ७ सय २७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७ सय ५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो । आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम आउने विश्वास व्यक्त गरेको थियो ।

    उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ ।


    images
    images

    Logo