काठमाडौं । बुद्ध एयरले काठमाडौंदेखि भारतीय सहर वाराणासीमा आजेदेखि नियमित उडान हुने भएको छ।
कोरोना महामारीका कारणले बन्द भएको नियमित उडान आजदेखि पुनः सुरु भएको बुद्ध एयरले जानकारी दिएको छ । बुद्ध एयरले यो उडान हप्तामा दुई दिन सोमबार र शुक्रबार गर्ने भएको छ ।