काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९८ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाल सुन ९८ हजारमा नै कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । सोमबार चाँली प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।