काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मतान्तर १८ हजार ३ सय ४८ भएको छ।
१ लाख २१ हजार ३ सय ७५ मतगणना हुँदा बालेनले ४४ हजार १ सय ८३ मत पाएका छन्।
गन्न बाँकी मत करिव ६२ हजार रहँदा बालेनको जित सुनिश्चित जस्तै देखिएको हो । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९ सय ८४ मत खसेको थियो ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भन्दा बालेनले १८ हजार ३५ मत बढी ल्याएका छन् । महानगरका ३२ मध्ये १७ वडाको सबै परिणाम आइसक्दा सिंहले २५ हजार ८ सय ३५ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन्।