images
images

पोखरा महानगर प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा  एमाले


  • 561
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    पोखरा महानगर प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा  एमाले

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

    हालसम्म एक लाख १९ हजार ३ सय १९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४७ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८ सय ५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् । 

    उपप्रमुखमा  एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २ सय ६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४ सय ७० मतसहित उनलाई पछ्याइरहेकी छिन् । 

    महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा  कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ । 


    images
    images

    Logo