images
images

व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


  • 374
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    काठमाडौं । तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेस विजयी भएको छ । नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै विजयी भएका  हुन् । 

    २  सय ५२ को मतान्तरले न्यौपानेले नगरप्रमुखमा जित हासिल गरेको हो । उनले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए । 

    उपप्रमुखमा  दरै १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् छ । प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेका थिए ।कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

    व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन् । 

     


    images
    images

    Logo