काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मतान्तर अझै फराकिलो भएको छ। एक लाख २१ हजार ३ सय ७५ मतगणना हुंदा बालेनले ४२ हजार ९ सय २ मत पाएका छन्।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भन्दा बालेनले १८ हजार ३५ मत बढी ल्याएका छन्।महानगरका ३२ मध्ये १६ वडाको सबै परिणाम आइसक्दा सिंहले २४ हजार ८ सय ६७ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ९ सय ८५ मत पाएका छन्। स्थापित सिंहभन्दा ८८२ मतले पछि छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ को नतिजा आइसकेको छ।