images
images

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह


  • 334
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

    काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ,  नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । 

    विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो । 

    महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मुक्तानले आज विज्ञप्ति जारी गरी बालबालिकाको सिकाइ निरन्तरतामा नोक्सानी भइरहेका अवस्थामा झनै हप्तामा दुई दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय सिकाइ निरन्तरता र गुणस्तरीय शिक्षा प्रतिकूल हुने भएकाले निर्णय फिर्ता लिन आग्रह गरेका छन् । 

    सरकारले इन्धन बचतका लागि यही जेठ १ गतेदेखि शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयन गरेपछि शिक्षालयमा पनि आइतबार बिदा हुन थालेको हो । निजी विद्यालयले भने आफूखुसी गरेका छन् ।


    images
    images

    Logo