काठमाडौं । संसदीय सुनुवाइ समितिले तीन देशका लागि राजदुतको नाम अनुमोदन गरेको छ । यसरी संसदीय सुनुवाईबाट अनुमोदन हुनेहरुमा बंगलादेश लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको छ ।
आइतबार बसेका संसदीय सुनुवाइ समितिले ३ देशका लागि प्रस्तावित राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
सवै राजदुतको नाम संसदीय समितिले अनुमोदन गरेपछि सम्बधित देशमा उनीहरुको नाम स्वीकृतका लागि पठाइन्छ त्यँहाबाट स्वीकृत भएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने छिन् ।