काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने तत्काल तरलताको समस्या समाधान नहुने उनले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकले तरलता सहज बनाउन प्रयास गरिरहेको भए पनि तरलताको समस्या अझै केहि समय रहने देखिएको उनले बताए। अधिकारीले अहिले पनि अर्थत्रन्त्रका सूचकहरु राम्राे नरहेको बताउँदै तरलताको समस्या अझै केहि समय रहने बताए। अहिले सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने उनकाे भनाइ छ ।
पछिल्लो समय कोरोना महामारीपछि आपूर्ति बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ । यस्तै उनले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने सही भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बनाउन आवश्यक रहेको बताएका छन् ।



