images
images

शेखर गोल्छा भनेः मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा लाग्दै आएको कर घटाउनु पर्छ 


  • 306
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    शेखर गोल्छा भनेः मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा लाग्दै आएको कर घटाउनु पर्छ 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मूल्यवृद्धि नियन्त्रणमा राख्नका लागि  इन्धनमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय अन्तरक्रिया कार्यक्रममा गोल्छाले मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा करको दर घटाउनुपर्नेमा जोड दिएका हुन् । 

    बजेटका लागि विभिन्न सुझाव दिँदै उनले विद्युतिय उपकरण बढाउनु पर्ने, निर्माणाधिन जलविद्युत आयोजना सम्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने र इन्धनमा लाग्ने कर घटाउनु पर्ने धारणा राखेका थिए ।

    उनले अब कृषिमा कार्यक्रम बढाउनु पर्ने बताउँदै प्रत्येक गाउँपालिकामा तरकारी बजार आवश्यक रहेको, व्याज अनुदानमा सहुलियत, सीप तालिमको व्यवस्था र आयकर ५ प्रतिशत मात्रै हुनु पर्ने सुझाव दिए छन् । यसका साथै मूल्यवृद्धिलाई कम गर्ने रणनीति लिनुपर्ने र ब्याजदर थप बढाउनु नहुने पनि बताएका छन् ।


    images
    images

    Logo