images
images

काठमाडौँ महानगरः ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक


  • 375
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    काठमाडौँ महानगरः ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक

    काठमाडों । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । 

    होडाले २ हजार ८ सय ६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले २ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र  सुरेश शाही निर्वाचित भएका छन् । महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गरे  भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएकी छिन् ।  

    हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ । काठमाडौँ महानगरपालिकाको कूल १ लाख ९१ हजार १ सय ८६ मतमध्ये १ लाख ६ हजार ५ सय १६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९ सय ६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् भने काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए । 

    एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राख्नुभएको छ । उनले ३८ हजार ३ सय ५१ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १३ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo