images
images

व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा


  • 366
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

    काठमाडौं । व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ । कूल खसेको ३० हजार २ सय ४७ मतमध्ये २४ हजार १ सय ८७ मतगणना कार्य सम्पन्न भएको छ । शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

    आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले ९ हजार ८ सय २२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ९ हजार ६ सय ६ मत पाएका छन् । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । 

    त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले १० हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती ८ हजार ३ सय ७ मत पाएकी छिन्  ।  व्यासमा चौध वडा रहेका छन् । अब कूल ६ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 


    images
    images

    Logo