काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच कडा टक्कर परेकाे छ । नेपाली काँग्रेसका मेयर उम्मेदवार रामकृष्ण खाँणले एमालेका उम्मेदवार मोहन चापागाईलाई ६३ मतले पछि पारेका छन् ।
आज बिहानसम्मको मत परिणाम अनुसार काँग्रेसका खाँण १० हजार ५ सय ६२ मत पाएका छन् भने एमालेका चापागाईले १० हजार ४ सय ९९ मत पाएका छन् ।
उपमेयरमा एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ । उनले १० हजार २ सय १ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ५ हजार १२ मत ल्याएका छन् ।