काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राई ४ हजार १ सय ५९ मतले अगाडि लागेका छन् ।
आज बिहानसम्मको मतपरिणम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १ सय ५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९ सय ९६मत ल्याएका छन् । त्स्तै एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १ सय ४३ मत पाएकी छन् ।
अब धरान उपमहानगरमा कुल ६२ हजार ८ सय ९८ मत खसेकोमा ५८ हजार २ सय ७७ मत गणना भइसकेको छ । भने ४ हजार ६ सय २१ मत गन्न मात्र बाँकी
उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता रहेको छ। विक्रम बेघाको १८ हजार ८ सय ६४ मत पाएका छन् भने नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५ सय ८१ मत प्रप्त गरेका छन् ।



