images
images

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट


  • 342
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनीले तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेका हुन् । 

     


    images
    images

    Logo