images
images

धनगढीको मेयरमा हमाल र उपमेयरमा एमाले विजयी, काे काे भए पराजित ?


  • 385
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    धनगढीको मेयरमा हमाल र उपमेयरमा एमाले विजयी, काे काे भए पराजित ?

    काठमाडौ । कैलालीको धनगढी उपमहानगरपालीकामा स्वतन्त्र उमेदवारगोपाल हमाल निर्वाचित भएका छन् ।   हमालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका ठुला दलका उमेदवारलाई पछिपार्दै  जित हात पारेका हुन । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला कुमारी राना विजयी भएकी हुन् । 

    धनगढी उपमहानगरपालीकामा मेयर पदका ९ प्रतिस्पर्धि मध्ये ३ प्रतिस्पर्धि स्वतन्त्र उम्मेदवार बाट थिए भने अन्य ६ उम्मेदवार विभिन्न राजनितिक दलबाट आएका थिए । जसमध्ये स्वतन्त्र उम्मेदवार गोपाल हमालले २६ हजार ८ सय ६५ मत ल्याएर विजय हात पारेका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका नृप कहादुर वडले १४ हजार ८ सय १७ मत पाएका छन् । 

    त्यसैगरि नेकपाएमालेका उम्मेदवार रण बहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीले ८ सय ५ मत ल्याएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीले २ सय १८ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले २६ मतमात्र ल्याएका छन् । सचेत नेपाल पार्टीले १०, स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले १७ र अर्का स्वतन्त्र उम्मेदवार उद्धव राज पन्तले ५ मत ल्याएका छन् । 

    त्यस्तै उपमेयरतर्फ ६ प्रतिस्पर्धिमध्ये नेकपा एमालेकी उम्मेदवार कन्दकला कुमारी रानाले १५ हजार ४ सय ७९ मल ल्याएर विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धि माओवादी केन्द्रकी शान्ति कुमारी अधिकारी क्षेत्रीले १२ हजार ६ सय ७० मत ल्याएकी छिन् । 

    त्यस्तै, राप्रपाका उम्मेलवार दुर्गा दत्त पन्तको ३ हजार ३ सय १ मत आएको छ । नागरिक उन्मुक्ति पार्टीले १ हजार १ सय ४४ मत , स्तन्त्र उम्मेदवार प्रभाकर भण्डारीको ६ हजार ६ सय ९ र विवेकशील साझ पार्टीको ४ सय ६१ मत आएको छ । 


    images
    images

    Logo