काठमाडौं । सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्य स्थिर भइ शुक्रबार मुल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।