काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ३९ हजार ६ मतले अग्रता कायम गरेका छन् भन ेनेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई ५ सय १ मतले उछिनेकी छिन् ।
आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत न्यएबी छिन् भने उनका निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन् ।
काठमाडौं महानगरको वडा नम्बर ७, ९, १०, ११, १२, २३रु २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी छ ।