images
images

अझै ३ दिन हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


  • 353
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    अझै ३ दिन हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौषम तथा पूर्वानुमान महाशाखाका अनुसार अझै ३ दिन हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   बाकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।  

    आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा र मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश नं १, मधेस प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    images
    images

    Logo