काठमाडौ । इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । उप मेयरमा भने एमालेकी उमेदवार बिजयी भएकी छिन ।
आइतबार बिहान सवेरै मतगणना सकिएपनि आधिकारिक घोषणा हुन बाँकी छ । नेपाली काँग्रेस ईटहरीका नगर सभापति समेत रहेका पौडेल अत्याधिक मतका साथ इटहरी नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन् ।
२०५३ सालमा नगरपालिका घोषणा भएको सो नगरपालिकामा यसअघि सधै कम्युनिष्टले जित्दै आएका थिए । यस पटक कांग्रेसले लालकिल्ला तोडन सफल भएको जनाएको छ ।