काठमाडौ ।भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल ७ हजार मतान्तरले अघि बढेकी छिन ।
दाहालले आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा सात हजार मतको अग्रता लिएकी हुन्। ८३ हजार १ सय ११ मतगणना सकिदा दाहालले ३२ हजार ५ सय १९ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५ सय ८० मत ल्याएका छन्।
सुवेदीको तुलनामा दाहाल ६ हजार ९ सय ३९ मतले अगाडि छिन्। भुइँकटहर चुनाव चिह्न भएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २ सय ९६ मत पाएका छन्। त्यस्तै उपमेयरमा गठबन्धन तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ३४ हजार ९ सय ३४ मत ल्याउँदै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरूङले २० हजार ३१ मत पाएकी छन्।



