images
images

बुटवलको मेयरमा पाण्‍डेय, १९ मध्ये ११ वडामा कांग्रेस


  • 398
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    बुटवलको मेयरमा पाण्‍डेय, १९ मध्ये ११ वडामा कांग्रेस

    काठमाडौ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय बिजयी भएका छन् । पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत ल्याए ।

    त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल बिजयी भइन । उनले २४ हजार ९ सय ४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत ल्याए ।

    बुटवलमा ६३ हजार १७ मत खसेको थियो । बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ । स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक(एक वडा जितेका छन् ।

    ०७४ को चुनावमा बुटवलमा प्रमुखर उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । त्यतिबेला कांग्रेसले २ वडामा जित निकालेको थियो । बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत हो ।


    images
    images

    Logo