images
images

सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गर्ने पाण्डे पक्राउ


  • 402
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गर्ने पाण्डे पक्राउ

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गर्ने मनोज पाण्डे पक्राउ परेका छन् । करिव ८ बर्ष पहिले  नाबालिक  किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाण्डेलाई शनिबार दिउँसो काठमाडौंबाट पक्राउ  गरेको हो । 

    एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो।  सो निर्देशनको आधारमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

     


    images
    images

    Logo