images
images

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै


  • 310
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

    काठमाडौं । मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३ सय ५२ मतसहित अग्रतालाई निरन्तरता दिएको छ । उनका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७ सय ५ मतसहित उनसँग प्रतिस्र्धामा रहेका छन् ।

    यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९ सय २ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा ४ हजार ४ सय २३ मतसहित उनसँग प्रतिस्र्धामा रहेका छन् ।

    महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।

    महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।

     


    images
    images

    Logo