काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसो पौने २ बजेको अध्यावधिक विवरणअनुसार मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार ९ सय ८१ मत पाएका छन् । महर्जनको निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३७ मत पाएका छन् ।
यस्तै उपमेयरका उम्मेदवार मञ्जली शाक्यले १४ हजार ६ सय १० मत पाएकी छिन् भने उनीको निकटतम प्रतिद्वन्द्वी बाबुराज बज्राचार्यले ९ हजार ६ सय ९६ मत पाएका छन् ।