images
images

भरतपुरमा ७४ हजार मतगणना सकियो, प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता


  • 399
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    भरतपुरमा ७४ हजार मतगणना सकियो, प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिकामा ७४ हजार १ सय ८८ मतगणना सकिएको छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

    मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र)का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई ५ हजार ५ सय ९० मतान्तरले पछि पार्नुभएको छ । दाहालले २८ हजार ८ सय ८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २ सय १८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका हुन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिनुभएको छ । अधिकारीले ३१ हजार १ सय २१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरे । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 

    गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।

     


    images
    images

    Logo